
काठमाडौँ, ३१ चैत । नेपाली काँग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज आयोजना गरेको बैठक स्थगन भएको छ ।
पार्टीको प्रदेश नं ३ को चुनावी आमसभामा भाग लिन पोखरा पुग्नुभएका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरालालगायत नेता काठमाडौँ आउने हवाइजहाजको उडान प्रभावित भएपछि आउन ढिलाइ भएको थियो ।
काँग्रेसले प्रदेश नं २ का पार्टीका केन्द्रीय पदाधिकारी एवम् सदस्य, जिल्ला सभापति, सांसदको उपस्थितिमा आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन, प्रदेश नं २ मा आयोजना हुने आमसभालगायत समसामयिक राजनीतिक विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको थियो ।
पार्टीले संविधान संशोधन प्रस्तावका सम्बन्धमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको पछिल्लो निर्णयका सम्बन्धमा समेत छलफल गरी धारणा बनाउने जनाएको छ । बैठक वैशाख २ गते हुने तय भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । रासस











प्रतिक्रिया