
काठमाडौँ, ३१ बैशाख । नेकपा एमाले सल्लाहकार परिषद्को उपाध्यक्षको जिम्मेवारी पूर्वमन्त्री खगराज अधिकारीले पाएका छन् ।
परिषद्को बिहीबार बसेको बैठकले पूर्वमन्त्री अधिकारीलाई उपाध्यक्षको जिम्मेवारी दिएको हो । सुशील कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री रहेका अधिकारी चार नम्बर प्रदेशका प्रभावशाली नेता मानिन्छन् ।
पार्टीका पूर्व पोलिटव्युरो सदस्य समेत रहेका अधिकारी नवौं महाधिवेशनमा एक मतले मात्र केन्द्रीय सदस्यमा पराजित भएका थिए ।
सल्लाहकार परिषद्को अध्यक्षमा भने महाधिवेशनबाटै केशव बडाल चुनिएका थिए ।
आठौं अघिल्लो केन्द्रीय कमिटीमा रहेका र पछिल्लो महाधिवेशनमा पराजित भएका वा चुनाव नलडेका नेताहरु स्वतः सल्लाहकार परिषद सदस्य छन् ।















प्रतिक्रिया