
गौशाला, ३१ चैत । चुनावको मिति नजिकिँदै जाँदा मधेशका जिल्लामा एमाले नेतामाथिको आक्रमण पनि बढेको छ ।
यसैक्रमा नेकपा एमाले महोत्तरीका जिल्ला अध्यक्ष जामुन मण्डल बिहीबार कुटिएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिहीबार दिउँसो कुटपिट गरेका हुन् ।
जलेश्वर नगरपालिका–१८ फुल्हट्टाको धर्मशालामा स्थानीय तहको निर्वाचनसम्बन्धी नगर कमिटीको बैठक चलिरहेका क्रममा ५०/६० जनाको सङ्ख्यामा गएका संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आक्रमण गरेका हुन् । उनीहरुले एमालेको बैठक बिथोल्नुका साथै अध्यक्ष मण्डलमाथि नै कुटपिट गरेपछि केहीबेर तनाव भएको थियो ।
मोर्चाका कार्यकर्ताले बैठकस्थलमा १०/१२ वटा कुर्सी समेत तोडफोड गरेको एमालेले जनाएको छ ।











प्रतिक्रिया