
काठमाडौं, ३१ चैत । नेपाल उद्योग वाणिज्य महासंघकी नवनिर्वाचत अध्यक्ष भवानी राणाले देशका विभिन्न ठाउँमा स्मार्ट सिटी बनाउने योजना महासंघले गरेको बताएकी छन् ।
रिपोर्टर्स क्लव आज नवनिर्वाचित अध्यक्ष तथा समुहलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमा बोल्दै राणाले स्मार्ट सिटीको योजना सुनाएकी हुन् । अध्यक्ष राणाले सम्बन्धित मन्त्रालयसँगको समन्वय तथा सहकार्यमा विभिन्न ठाउँमा स्मार्ट सिटी बनाउने प्रतिबद्धतता व्यक्त गरिन् ।
यसका लागि आफूले सबैसंग सहकार्य गरेर अगाडि बढ्ने योजना सुनाइन् । आफू अध्यक्षमा निर्वाचित भएपछि अब महासंघलाई अग्रणीस्थानमा पुर्याउने बताएकी छन् । राणाले हरेक दुई देखि तीन महिनाको अवधिमा मिडियासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेर सल्लाह/सुझाव लिने समेत आफूहरुको योजना रहेको जानकारी दिइन् ।
सोही अवसरमा बोल्दै अध्यक्ष राणाले आर्थिक क्रान्तिको जग हाल्न र मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउन निर्वाचन अपरिहार्य रहेको बताएकी छन् । उनले नयाँ वर्ष ०७४ साल निर्वाचन र आर्थिक समृद्धिको वर्ष हुने समेत स्पष्ट पारिन् ।
राणाले आफ्नो नेतृत्वको उद्योग वाणिज्य महासंघले आर्थिक समृद्धिको लागि विशेष योजनासहित काम गर्ने बताइन् । मुलुकमा रोजगारी सिर्जना गर्ने र युवाहरुलाई विदेश पलायनबाट रोक्नको लागि पनि महासंघ अघि बढ्ने बताइन् ।
राणाले युवाहरुलाई विदेश पलायनबाट रोक्नको लागि महासंघले देशको ७ वटै प्रदेशमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको जानकारी दिइन् ।











प्रतिक्रिया