मिना बुढाथोकी सल्यान, ३१ चैत । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सल्यान नेकपा एमालेमा समायोजन भएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का पोलिटब्यूरो सदस्य तथा सल्यान अध्यक्ष समेत रहेका महेश देबकोटासहित सिंगो पार्टीनै एमालेमा समायोजन भएको हो ।
आज एमाले पार्टी कार्यालय सल्यान खलंगामा आयोजित एक कार्यक्रममा पार्टी समायोजन भएको घोषणा गरिएको हो । नेकपा एमाले सल्यानका अध्यक्ष गोबिन्दकुमार पुनको अध्यक्षतामा भएको कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाले प्रवेशीलाई स्वागत गरे ।
कार्यक्रममा बोल्दै ज्वालाले एमालेको लोकप्रियता देखेर एमालेमा प्रबेश गर्ने जनलहर बढ्दै गएको बताए । एमालेले देशमा बिकास निर्माणदेखि शान्ती शुव्यवस्था कायम गर्न अग्रणी भूमिका निर्बाह गरेको उनले बताए ।
यस्तै, कार्यक्रममा बोल्दै एमालेका केन्द्रीय सदस्य तथा सल्यान ईन्चार्ज गुलाबजंग शाहले एकताबद्ध भएर लाग्न कार्यकर्ता हरुलाई आग्रह गरे । उनले स्थानीय निर्बाचनमा एमालेलाई पहिलो बनाउने हिसावले सक्रिय हुन कार्यकतालाई निर्देशन दिए ।
सोही अवसरमा बोल्दै नवप्रवेशी नेकपाका पोलिटब्यूरो सदस्य तथा सल्यान अध्यक्ष महेश देबकोटाले समयको मागअनुसार नेकपा चल्न नसक्दा आफूहरु सहितको टीम एमालेमा समाहित भएको बताए । कम्यूनिष्टहरु टुक्रा टुक्रा हुदाँ अन्य तत्व सक्रिय भएको बताउदैँ उनले त्यस्ता तत्वलाई पराजित गर्न कम्यूनिष्टहरु मिल्नुको विकल्प नरहेको बताए ।











प्रतिक्रिया