
विराटनगर, ३१ चैत । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन दुई चरणमा गर्न सरकारसंग नयाँ शर्त राखेका छन् ।
यस अघि निर्वाचन दुई चरणमा गर्न सकिँदैन भन्दै आएका उनले सबैले आफ्नो मताधिकार प्रयोग गर्ने वातावरणको सुनिश्चित भएको खण्डमा मात्रै निर्वाचन आयोग दुई चरणमा गर्न सकिने बताए ।
विराटनगरमा सञ्चालित निर्वाचन अधिकृतहरुको प्रशिक्षण कार्यक्रमपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले जनताले आफ्ना जनप्रतिनिधि चयन गर्ने अवसरलाई राजनीतिक रुपमा समाधान गर्न सकिने अवस्था आए दुई चरणमा चुनाव गर्न आफूहरु तयार रहेको बताएका हुन् ।
साथै उनले दुई चरणमा निर्वाचन गर्ने विषयमा अहिलेसम्म सरकारसंग कुनै छलफल पनि नभएको प्रष्ट पारेका छन् ।











प्रतिक्रिया