२ कार्तिक २०८३, सोमबार

बाबुरामले माया पाउन कालीगंगा साँक्षी राखे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अनिल खत्री गुल्मी, ३१ चैत । कुनै समय निकै चर्चामा रहेका चर्चित गीतकार एवं गायक बावुराम पन्थी पुनः साँगीतिक क्षेत्रमा सक्रिय भएका छन् । उनको हालै नयाँ वर्षको अबसर पारेर सालैजो गीत बजारमा आएको छ ।

गायक बावुराम पन्थी र दिल्सरा काउछाको सुमधुर स्वर रहेको ‘धौलागीरी हिमाल हाँसेको’ सालैजो गीत बजार आएको हो । जसमा प्रल्हाद सेवेदीको शब्द छ । शिब दर्शन प्रालिले बजार व्यवस्थापन गरेको छ । मौलिक सँस्कृति झल्कने सालैजो मगर समुदायको पश्चिम क्षेत्रमा परिचित गीत रहेको छ ।

झण्डै तीन सय गीतहरुमा लय, शब्द तथा स्वर दिएर निकै चर्चामा रहेका पन्थी पछिल्ला केहि वर्ष ओझेलमा थिए । ‘पिपल छायामा फेरि मन फर्कियो भुपु मायामा’ भन्ने गीतबाट साँगीतिक यात्रामा सक्रिय भएका पन्थी हाल धेरै नयाँ लोक तथा दोहोरी, सालैजो गीतहरुमा स्वर दिएर पुनः चर्चामा छन् ।

धेरै वर्ष पहिले ‘बटौलीमा मायाँलाई वसाली बास पाल्पा हुँदै लैजाने हो तम्घासमा’ भन्ने बोलको गीतले उनी निकै चर्चामा आएका थिए । गुल्मीको पर्यटकीय धार्मीक स्थलहरुका बारेमा गीत बजारमा ल्याएसंगै उनी पुन साँगीतिक क्षेत्रमा सक्रिय भएका छन् । उनी भन्छन्, ‘साँगीतिक नसाले समातेपछि छोड्न गाह्रो हुने रहेछ, ओझेल पर्न सक्दिन ।’
भिडियो सहित