७ मंसिर २०८३, सोमबार

भारतद्वारा गल्ती स्वीकार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ चैत । भारतले नेपालमा थुप्रै आयोजनाहरूमा आर्थिक सहयोग गरेको छ । केही आयोजनाहरू समयमा पूरा भए पनि अधिकांश आयोजनाहरू अलपत्र परेका छन् । ती आयोजना अलपत्र पर्नुमा आफू दोषी रहेको भारतले स्वीकार गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणका बेला भारतीय पक्षसँग भारतद्वारा सञ्चालित कार्यक्रमहरू नेपालमा भारतकै कारण अलपत्र परेको भन्दै कुरा राखेका थिए । दाहालले कडा रुपमा कुरा राखेपछि भारतीय पक्षले नेपाल–भारतका उच्च अधिकारी रहने गरेर ‘ओभर साइट मेकानिजम’ गठन गरिएको थियो ।

‘ओभर साइट मेकानिजम’ गठन भएपछि पटक पटक बैठकहरू बसिसकेका छन् । बैठकमा भारतद्वारा नेपालमा सञ्चालित आयोजनाहरू कसरी समयमा पूरा गर्न सकिन्छ भनेर गम्भीर परामर्श हुने गरेको उच्च स्रोतको भनाइ छ ।

‘ओभर साइट मेकानिजम’को बुधबार काठमाडौंमा तेस्रो बैठक पनि भएको छ । बैठकमा नेपालबाट परराष्ट्र सचिव र नेपालका लागि भारतीय राजदूतको सहभागिता रहेको थियो ।

यसअघि पहिलो बैठक सन् २०१६ को डिसेम्बरमा बसेको थियो भने दोस्रो बैठक फेब्रुअरीमा बसेको थियो । अब चौथो बैठक जुलाईमा बस्नेछ ।

प्रधानमन्त्री दाहालले भारतबाट आश्वासन दिइएका आयोजनाहरू हाइड्रोपावर, हुलाकी सडकदेखि विभिन्न महत्वकांक्षी आयोजना भारतीय पक्षले होल्ड गरेकोमा पनि आपत्ति जनाएका थिए ।

‘ओभर साइट मेकानिजम’ बैठकमा भारतले पटक–पटक आफूले घोषणा गरेको कार्यक्रम पूरा गर्ने प्रतिवद्धता दोहोराउँदै आगामी दिनमा त्यस्ता गल्ती नगर्ने बचन दिएको छ । बुधबारको बैठकमा पनि भारतीय पक्षले नेपाललाई दिँदै आएको सहयोग जारी राख्ने उल्लेख गरेको स्रोतको भनाइ छ ।