७ मंसिर २०८३, सोमबार

सर्वोच्चको आदेशले आईजीपी अर्याललाई राहत, यस्तो आयो आदेश

16.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका विषयमा सरकारसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको छ ।

आईजीपी नियुक्तिविरुद्ध प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले दायर गरेको रिटमाथिको बुधबार सुनुवाई गर्दै सर्वाेच्चले सरकारलाई १५ दिनभित्र जवाफ पेश गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतले न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशमा रिटको सुनुवाई भएको थियो । सर्वोच्चको यो आदेशसँगै नवनियुक्ति महानिरीक्षक अर्याललाई राहत मिलेको छ ।

सरकारको जवाफ आएपछि सर्वोच्चले पूर्ण इजलाशमा सुनुवाई गर्नेछ ।

डीआईजी सिलवालले आईजीपी नियुक्तिका क्रममा झेल भएको भन्दै मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

सरकारले कार्यसम्पादन मूल्यांकनको आधारमा बढी नम्बर पाएका अर्याललाई आईजीपीमा नियुक्त गरेको थियो ।