
काठमाडौं, ३० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका संसदमा दर्ता भएको संविधन संशोधन प्रस्तावमा समर्थन गर्न सकिने आधार रहेको जनाएको छ ।
पार्टीको आज बसेको केन्द्रीय पदाधिकारी बैठकले आफ्नो फरक मत भएपनि समर्थन गर्ने आधार रहेको निष्कर्ष निकालेको हो ।
आगामी निर्वाचनमा आन्दोलनरत दलहरु निर्वाचनमा सहभागी हुने निश्चित भएपछि फरक मतका बाबजुद पनि देशलाई निकास दिन संशोधन प्रस्तावलाई समर्थन गर्ने निर्णय भएको पार्टी प्रबक्ता सुशीलकुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, ‘हिन्दुराष्ट्र’ र ‘राजसंस्था सहितको लोकतन्त्र’ हटाउने निर्वाचन आयोगको निर्र्णय पुनर्विचार गर्नेबारे स्पष्ट जवाफ प्राप्त नभएकोले बैशाख १ गते पार्टीले त्यसबारे नयाँ धारणा बनाउने निर्णय गरेको छ ।
साथै आगामी आफ्नो उम्मेदवारलाई जिताउन केन्द्रको सहमति लिएर अन्य दलहरुसँग तालमेल गर्न सकिने अधिकार प्रत्यायोजन गर्ने निर्णय समेत बैठकले गरेको छ ।











प्रतिक्रिया