१ कार्तिक २०८३, आइतबार

मोर्चाको बैठक बिजुलीबजारमा बस्दै, नयाँ विधेयकमा धारणा बनाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ३० चैत । सरकारले संविधान संशोधनको नयाँ विधेयक संसद सचिवालयमा दर्ता गराएपछि त्यसबारेमा औपचारिक धारणा बनाउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्दैछ ।

काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा अहिले केही समयपछि बस्ने बैठकमा संविधान संशोधनको नयाँ विधेयकका विषयमा छलफल हुनेछ । स्रोतका अनुसार मधेसी मोर्चाले नयाँ विधेयकलाई समर्थन गर्न सक्नेछ ।

मधेसी मोर्चा र एमालेसँग परामर्श गरेर नयाँ विधेयक ल्याएको जनाएको सरकारले विधेयक पारित गरेर निर्वाचनको वातावरण बनाउने उल्लेख गर्दै आएको छ ।

एमालेले भने नयाँ विधेयकका विषयमा सरकारले आफूसँग कुनै परामर्श नगरेको दाबी गर्दै आएको छ । एमालेले नयाँ विधेयकको विधेयकका विपक्षमा जाने जनाएको छ ।