१ कार्तिक २०८३, आइतबार

निर्वाचनमा कांग्रेसलाई कांग्रेसकै डर : महामन्त्री कोइराला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, २९ चैत । नेपाली कांगेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसलालाई काँग्रेस भित्रबाटै डर रहेको बताएका छन् । आज भैरहवामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै महामन्त्री कोइरालाले चुनावमा कांग्रेसलाई कांग्रेसले नै हराउने चिन्ता आफूलाई लागेको बताएका हुन् ।
उनले स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला जसरी काँग्रेसभित्रबाटै डराउनुहुथ्यो उसरी गरि आफूलाई पनि डर लाग्ने गरेको बताए । नेतृत्व गर्ने व्यक्तिले सबैलाई समेटेर लिन सकेमा त्यो डर कम हुने उनको विश्वास थियो ।
सभामा उपस्थित कार्यकर्ता र समर्थकतर्फ इङगित गर्दै कांग्रेस नेता डा. कोइरालाले निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन आग्रह गरे । साथै उनले जनताको उपस्थितिले कांग्रेसको जित सुनिश्चित गरे पनि पार्टीमा अन्तरघातको डर रहेको भन्दै डा. कोइरालाले चिन्ता गरे व्यक्त गरेका छन् ।