ललितपुर, २९ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विप्लव पार्टी निकट नेवा मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सुविन्द्र महर्जन र केशव देशारसहित १५० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
विप्लवको पार्टी राजनीतिक कार्यदिशामा असपष्ट रहेको भन्दै उनीहरुले पार्टी परित्याग गरेका हुन् ।
विप्लव नेतृत्वको पार्टी गठन भएदेखिसँगै ललितपुरका नेवार समुदायमा लोकप्रिय मानिएका महर्जन र देशारसहित प्रवेश गर्ने सबैलाई उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले मंगलबार पार्टीमा भित्र्याए ।











प्रतिक्रिया