१ कार्तिक २०८३, आइतबार

आईजीपी नियुक्तिको फेरि आलोचना भएपछि प्रधानमन्त्रीले यसरी दिए स्पष्टिकरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । प्रकाश अर्याललाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बनाउने निर्णयको आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधिसंगत ढंगबाटै निर्णय गरिएको स्पष्ट पारेका छन् ।

मन्त्रिपरिषद् बैठकले सोमबार राति अर्याललाई आइजीपीमा नियुक्त गर्दै दर्ज्यानी चिन्ह समेत प्रदान गरेको थियो । यो निर्णयको सामाजिक सञ्जाल लगायत सबैतिर आलोचना भएपछि प्रधानमन्त्रीले मंगलबार बिहान बसेको संसदको सुशासन समितिको बैठकमा अर्याललाई महानिरीक्षक नियुक्ति गर्ने सरकारको निर्णय विधि र प्रक्रियाबाट भएको स्पष्ट पारेका हुन् ।

आइजीपी नियुक्ति राजनीतिक प्रक्रियाबाट प्रेरित नभएको भन्दै उनले यसमा सबै स्पष्ट हुनुपर्नेमा जोड दिए । आउँदा दिनमा आइजीपी नियुक्ति प्रकरणमा राजनीतिक खिचातानीको स्थितिलाई रोक्न मुल्यांकन विधि बनाउने निष्कर्षमा सरकार पुगेको उनको भनाई थियो ।

यसअघि वरियता मिचेर डीआईजी जयबहादुर चन्दलाई आईजी बनाएपछि प्रधानमन्त्रीको चर्काे आलोचना भएको थियो । र, यो निर्णयलाई सर्वाेच्च अदालतले खारेज गरि योग्य व्यक्ति (वरियतामा एक नम्बरमा रहेका नवराज सिलवाल)लाई महानिरीक्षक बनाउन सरकारलाई आदेश दिएको थियो ।

सक्षम हुँदाहुँदै आफूलाई पन्छाएर अर्याललाई आईजी बनाएको भन्दै नवराज सिलवाल फेरि सर्वाेच्चमा पुगेका छन् । उनले सरकारको दोस्रो निर्णय पनि बदर गरिपाउ भन्दै आज अदालतमा रिट दायर गरेका हुन् ।