७ मंसिर २०८३, सोमबार

एमाले नेता पोखरेल भन्छन्- ‘प्रधानमन्त्रीले कही नभएको जात्रा देखाए’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री प्रचण्डले जात्रा देखाएको टिप्पणी गरेका छन् ।

वरियता विवादमा मन्त्रिपरिषद् बैठक बहिष्कार गर्ने उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई सरकारमै राखेर प्रधानमन्त्रीले जात्रा देखाएको पोखरेलको भनाई छ ।

मंगलबार सामाजिक सञ्जालमा नेता पोखरेलले भनेका छन्– ‘क्याविनेट बहिस्कार गर्ने गृहमन्त्री कायम राख्न बाध्य प्रधानमन्त्री सुशासनको कुरा गर्दै हुनुहुन्छ । अब त कही नभा जात्रा वालुवाटारमा भन्ने कि !!’