२ कार्तिक २०८३, सोमबार

बिहिबारदेखि सुरु भएको ‘आन्दोलन’ एक साता पूरा गर्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चैत २४ गते बिहिबारदेखि सुरु भएको ‘आन्दोलन’ एक साता पूरा गर्दैछ । यो आन्दोलन पनि ६२÷६३ को आन्दोलनजस्तै १९ दिनसम्म चल्नेछ । पा“चौ दिन पार गरिसक्दा आन्दोलनले अझै वृहत रुप लिएको छ ।

सन्दर्भ काठमाडौं मल सुनधारास्थित नाटकघर थिएटर मलमा मञ्चन भइरहेको नाटक ‘आन्दोलन’को हो । गत साताको बिहिबारदेखि मञ्चन थालनी गरेको नाटकले राजनीतिक विषयमा रहेर कथाको उठान गरेको छ । ६२, ६३ को आन्दालनको सन्दर्भमा युवाहरुले आन्दोलनमा पुर्याएको भूमिका र नेपाली जनताले राज्य प्रणालीविरुद्ध ओकलेको आवाजलाई नाटकले समेटेको छ ।

राजनीति र आन्दोलनप्रति वेवास्ता गर्ने युवाको माध्यमबाट ‘राजनीतिलाई हामीले वास्ता नगरेपनि राजनीतिले हामीलाई वास्ता गरिरहेको हुन्छ’ भन्ने मूल मर्म नाटकले बोल्छ । हाम्रो हरेक समय र कार्यहरुसंग राजनीति जोडिएको हुन्छ र राज्यको समृद्धिमा को जिम्मेवारी राजनीतिान निर्भर रहन्छ भन्ने उन्नत सोचलाई युवापुस्तामाझ बहसका लागि यो नाटक मञ्चन गरिएको निर्देशक सुदाम सिके बताउछन् ।

निर्देशक सुदामले आफू पनि पहिला राजनीतिलाई वेवास्ता गर्ने बताउदै भने, ‘र ६२, ६३ को आन्दोलनका समयमा गाउगाउबाट मानिसहरु आन्दोलनमा सहभागी हुन सहर आइरहदा आफू भने आन्दोलनको वेवास्ता गर्दै गाउ जाने युवामध्येको एक हु । पछि लाग्यो, म गलत रहेछु, राजनीति त हामीले फेर्ने हावामा पनि छ ।’ उनले नाटकको मूल पात्र जसले राजनीतिलाई वेवास्ता गर्छन्, उसको नाम नै ‘सुदाम’ राखेर आफूलाई पनि मञ्चमा उतारेका छन् । नाटकका लेखक सौरभ कार्की हुन् ।

नाटक आन्दोलनमा सहभागी हुन आह्वान गरिरहेका थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले नाटकमा दशृकको राम्रो सहभागीता रहेको जनाए । उनले भने, ‘विषयवस्तुको हिसाबले फरक र ठाडो खालको यो नाटक हाम्रो लागि चुनौती हो, दर्शक कत्तिको पाउला भन्ने डर थियो । अहिले आन्दाृलनमा सहभागी हुन आउने आन्दोलनकारीहरुको भीड देखेर चुनौती उठाएको ठिक भएछ भन्ने लागिरहेछ ।

विशेषतः कविता र कथामा कलम चलाउने सौरभ कार्कीको यो पहिलो नाटक हो । उनले पहिले लेखिसकेका कथालाई नाटकको रुप दिएका हुन् । नाटक विधा लेखनको हिसाबले अन्य विधाभन्दा कठिन लागेको उनको अनुभव छ ।

तस्वीरमा आन्दोलन

१९ दिने आन्दोलनको सम्झनामा १९ दिनसम्म चल्ने नाटकको समयावधिभर नाटकघरबाहिर फोटो प्रदर्शनी पनि जारी । फोटो कलाकार दिपेन्द्र बज्राचार्यले १९ दिने आन्दोलनमा खिचेका १९ वटा फोटोहरु ‘तस्वीरमा आन्दोलन’ शीर्षकमा प्रदर्शनी गरिएको हो ।

नाटक तथा प्रदर्शनी २०७४ वैशाख ११ सम्म हरेक दिन ५ः३० बजे र शनिबार दिउसो १ः३० बजे पनि चल्नेछ । नाटकमा रियर राई, संयोग गुरागाईं, इगिहोपो कोइच सुनुवार, सिजन दाहाल, मिलन कार्की, बिनिता गुरुङ र सुदिप खतिवडाले अभिनय गरेका छन् । त्यस्तै सुरेश कार्की, रामशरण रेग्मी, घनश्याम श्रेष्ठ, राजेन्द्र भट्ट, अमुल श्रेष्ठ, किरण चाम्लिङ, प्रेम शाक्य, सवनम चौधरीलगायतको नेपथ्य संयोजन रहेको छ ।