२ कार्तिक २०८३, सोमबार

तराईबाट सुरु भयो ‘भिलेन’को छायाँकन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिल्म निर्देशक देवेन्द्रराज पाण्डेको निर्देशनमा ‘भिलेन’को छायाँकन धमाधम सुरु भएको छ । उत्कृष्ट डकुमेन्ट्री बनाएपछि नेपाली सेनाले प्रदान गर्ने पुरस्कार पाएका निर्देशक पाण्डेले ‘भिलेन’को निर्देशन गर्न थालेका हुन् ।

यसअघि ठूलो पर्दाका थुप्रै फिल्म निर्देशन गरिसकेका निर्देशक पाण्डेले ‘भिलेन’को छायाँकन तराईका जिल्लाहरूबाट सुटिङ सुरु भएको छ ।

‘फिल्मको कथावस्तुअनुसार तराईका जिल्लाहरूबाट छायाँकन थालेका हौँ’, निर्देशक पाण्डेले भने, ‘रौतहट लगायतका जिल्लामा छायाँकन हुनेछ । त्यसपछि राजधानी र आसपासका जिल्लाहरूमा छायाँकन गर्ने कार्यक्रम छ ।’

‘भिलेन’का निर्माता कपिल खत्री हुन् । खत्रीले ‘भिलेन’मा निखिल उप्रेती, निशा अधिकारी, शिल्पा पोखरेललगायतका कलाकारहरूलाई राखेका छन् ।

फिल्मको कथावस्तु तराई–पहाडको सम्बन्धलाई एक्सन र कमेडीका रुपमा प्रस्तुत गरिएको छ ।