७ मंसिर २०८३, सोमबार

प्रधानमन्त्री दाहाल र नवनियुक्ति महानिरीक्षक अर्यालबीच भेटवार्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल प्रहरीका नव नियुक्त महानिरीक्षक प्रकाश अर्यालले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान दाहालसँग अर्यालले पहिलो शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका क्रममा प्रधानमन्त्री दाहालले देशको शान्ति सुरक्षा कायम गर्ने विषयमा इमान्दारितापूर्वक काम गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालले महानिरीक्षक अर्यालको कार्यकाल सफलताको कामना गर्दै देशमा निर्वाचन घोषणा भइसकेको अवस्थामा शान्ति सुरक्षा कायम गर्न निर्देशन दिए ।

‘निर्वाचन सफल पार्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले कानूनले सुम्पेको जिम्मेवारी निष्पक्ष ढंगले निर्वाह गर्नु होला’, प्रधानमन्त्री दाहालले निर्देशनमा भनेका छन् ।

प्रहरी महानिरीक्षकमा बढुवा भएका अर्याललाई सोमबार मध्यराति गृहमन्त्रालयमा विशेष कार्यक्रम गरेर गृह सचिवले दज्र्यानी चिन्ह लगाइदिएका थिए ।