७ मंसिर २०८३, सोमबार

एमालेका वरिष्ठ नेता भेट्न निवासमै पुगे भारतीय राजदूत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जीव सिंह पूरीले पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

मंगलबार बेलुका वरिष्ठ नेता नेपालको नीजि निवास कोटेश्वरमा भएको भेटमा नेपाल–भारत सम्बन्ध, पछिल्लो राजनीतिक अवस्था सहितका विविध विषयमा कुराकानी भएको एमालेले जनाएको छ ।

भारतीय राजदूतको जिम्मेवारी सहित काठमाडौं आएका राजदूत पूरीलाई नेता नेपाल नेपालले स्वागत गरे । उनको कार्यकालको सफलताका लागि शुभकामना पनि दिएका छन् ।

एमालेका नेता नेपालले नवनियुक्त राजदूतको कार्यकालमा नेपाल र भारतबीच भएका पञ्चेश्वर परियोजना सहित विभिन्न सहयोग सम्झौता÷समझदारीहरूको कार्यान्वयनले गति लिनुका साथै दुर्इ देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

नवनियुक्त भारतीय राजदूत पुरीले सन् १९९४ मा उपप्रधानमन्त्री तथा पराराष्ट्र मन्त्रीका रुपमा पूर्वप्रधानमन्त्री नेपालले भारत भ्रमण गर्दा उनीसँग भएको पहिलो परिचयको स्मरण गर्दै नेपालमा लोकतन्त्रको विकास एवम् नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाउन खेलेको भूमिकाको प्रशंसा गरे ।

पछिल्लो राजनीतिक घट्नाक्रमका विषयमा जिज्ञासा राख्दै भारतीय राजदूत पूरीले सबैका भावनाहरूलाई समेटेर स्थानीय तहको निर्वाचन सहित संविधान कार्यान्वयन गर्न एमाले र नेपालका राजनीतिक दलहरू सफल हुने विश्वास व्यक्त गरे ।

पुरीले नेपाल र भारतका बीच भएका संझौता एवम् सहमतीहरुको कार्यान्वयन गराउँदै दुई देशको सम्बन्धलाई थप बलियो बनाउन आफू क्रियाशील रहने बताए ।