७ मंसिर २०८३, सोमबार

प्रहरी प्रमुखमा नियुक्त प्रकाश अर्याललाई रातारात फुली लगाइयो, अरु के-के भयो निर्णय ?

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ चैत । सरकारले नेपाल प्रहरीको प्रमुखमा रातारात प्रकाश अर्याललाई नियुक्त गरेको छ । रातारात प्रहरी महानिरीक्षकको फुली समेत लगाइएको छ ।

सोमबार बेलुका सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई बढुवा गर्ने निर्णय गरेको हो ।

चार वर्षको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा अर्यालले १५४.२ अङ्क प्राप्त गरेको सरकारको दाबी छ । यसैगरी, प्रहरी महानिरीक्षकका अर्का दाबदार नवराज सिलवालले १५२.४, बमबहादुर भण्डारीले १५०.२ र जयबहादुर चन्दले १४७.६ अङ्क प्राप्त गरेको बताइएको छ । तीन बर्षको कार्यसम्पादन मुल्यांकनमा भने सिलवाल सबैभन्दा अघि थिए ।

सरकारले गत फागुन १ गते प्रहरी नायब महानिरीक्षक चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेकामा सर्वोच्च अदालतले बढुवाको आधार पेस गर्न आदेश दिँदै खारेज गरिदिएको थियो ।

प्रहरी महानिरीक्षक नियुक्त गर्न साथ रातारात गृहमन्त्रालयले अर्याललाई दर्जायनी चिन्दसमेत प्रदान गरेको छ । गृहसचिव लोकदर्शन रेग्मीले नवनियुक्त प्रहरी महानिरीक्षक अर्याललाई आज गृह मन्त्रालयमा आयोजित समारोहमा फुली लगाएका हुन् । अर्यालले २०४४ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए ।

के के भयो मन्त्रिपरिषद्को अरु निर्णय ?

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सँग भएको निकै लामो र निरन्तरको छलफलपछि सरकारले यसअघि संविधान संशोधनका लागि लगेको प्रस्ताव फिर्ता लिने र नयाँ प्रस्ताव संसद्मा लैजाने निर्णय पनि बैठकमा भएको सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए ।

राष्ट्रियसभाका सदस्य निर्वाचनका लागि प्रदेशसभाका सदस्य निर्वाचकमण्डलमा रुपमा रहने र संविधानको धारा २७४ लाई संशोधन गर्ने प्रस्ताव लगिनेछ । यसैगरी प्रदेश नं २ र ५ को मागलाई ध्यानमा राख्दै गाउँपालिका र नगरपालिकाको सङ्ख्या थप्ने विषयमा उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिले तीन दिनभित्र सुझाव दिने र त्यसअनुसार सङ्ख्या आवश्यक भएमा थप्ने निर्णय गर्न सक्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।