२ कार्तिक २०८३, सोमबार

माग्नेलाई दीपकले भने- यो मेरो ए टी एम कार्ड हो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाँस्य कलाकार केदार घिमिरेको ४३ औँ जन्मदिन रेडियो अडियोको प्रागंणमा मनाएका छन् ।

उनको जन्मदिन विशेष कार्यक्रममा निर्देशक दीपा श्री निरौला, दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौड्याल, किरण केसी, निर्देशक विकास राज आचार्य, केदारकी श्रीमती सीता घिमिरे, लगायतको उपस्थिति रह्यो । उपस्थित सबैले केदारलाई सु–स्वास्थ्य र दिर्घायुको कामना गर्दै जन्मदिनको शुभकामना दिए ।

शुभकामना दिनुभन्दा दीपकराज गिरीले केदार घिमिरे आफ्नो ए टी एम कार्ड भएको भन्दै त्यहाँ उपस्थित सबैलाई मजैलै हँसाए ।

केदार बिरामी भएको प्रसंग जोड्दै उनले भने, ‘सायद गत वर्ष धेरै नै घोटी छु की क्या हो घोट्दा घोट्दै स्क्रयाच भएछ ।’ पछि भने दीपकले भावुक हुँदै भने, ‘हामी बीच भावनात्मक सम्बन्ध छ । पछिल्लो समयमा हामी हाँस्य कलाकारहरु बीच एक खालको एकता भएको छ । पहिले–पहिले हामी बीच एक किसिमको प्रतिस्पर्धाको गन्ध आउँथ्यो । कार्यक्रमहरुमा हात मात्रै जोडिन्थ्यो । मन जोडिदैनथियो । तर अहिले भने हात पनि जोडिन्छ । मन पनि जोडिन्छ । गाला पनि जोडिन्छ । सहकार्यमा उसले सधैँ तोड्नेहरुलाई जवाफ दिँदै जोड्ने मै आएको छ ।’