झापा, २८ चैत । दुई चरणको चुनावको नाममा देशमा स्वाधिनतामाथि खतरा बढदै गएको क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले बताउनु भएको छ ।
आज सोमबार झापाको विर्तामोडमा पत्रकार सम्मेलन गर्दै नेता गजुरेलले राष्ट्रियतामाथि खतरा बढ्दै गर्दा सरकार भने लाचारी बन्दै गएको उनले आरोप लगाए ।
उनले आफूहरुलाई सरकारले स्थानिय निर्वाचनमा सहभागी हुनेभन्दा पनि चुनाव चिन्ह नदिएर लोकतन्त्रको खिल्ली उडाएको बताए ।
लोकतन्त्रको नाममा राजतन्त्र फर्काउन खोजिएको र पहिले १ जना मात्रै राजा रहेको तर हाल ४ जना राजाले शासन चलाएको गजुरेलको आरोप छ ।
क्रान्तिकारी माओबादीले देशभक्त जनगणतान्त्रिक मोर्चाको नामबाट स्थानिय निर्वाचनमा सहभागिता जनाउने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।
साना दल लगायतसँग मोर्चाबन्दी गर्दै चुनाव भाग लिने गणतान्त्रिक मोर्चाको तयारी रहेको झापा अध्यक्ष बालकृष्ण बुढाथोकीले जानकारी गराए ।












प्रतिक्रिया