काठमाडौं, २८ चैत । पार्टी विभाजनसँगै भानुराम चौधरी अध्यक्ष रहेको थरुहट तराई पार्टी विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा बिलय हुने तयारी गरेको छ ।
सांसद एवम् वरिष्ठ नेता गोपाल दहितको कब्जामा रहेको थरुहट तराई पार्टीबाट सांसद गंगा चौधरीले पार्टी विभाजन गरेर नयाँ शक्ति नेपाल पार्टीमा बिलय भएपछि यो पार्टीको अस्तित्वमा संकट आएको थियो ।
आफ्नो दल गच्छदारको पार्टीमा बिलय गराउन भानुराम थारु र गोपाल दहितले आधा दर्जन पटक वार्ता गरिसकेका छन् । वार्ता सकारात्मक भएकाले अब यो दल एकसाताभित्र गाभिने तयारीमा रहेको स्रोतको भनाइ छ ।
गंगा चौधरीले पार्टी विभाजन गरेपछि सांगठनिक रुपमा अत्यन्तै कमजोर मानिएको थरुहट तराई पार्टीले गच्छदारसँग भित्रभित्रै कुरा गरेर फोरम लोकतान्त्रिकमा पार्टी विलय गराउन लागेको स्रोतले जनाएको छ ।
यसअघि गच्छदारले सांसदहरू शिवलाल थापा, सीमा विश्वकर्मा र यशोदा लामालाई आफ्नो पार्टीमा मिसाइ सकेका छन् । गच्छदारको पार्टीमा मिसिने पालो अब सांसद गोपाल दहितको छ ।











प्रतिक्रिया