७ मंसिर २०८३, सोमबार

निर्वाचनको तयारीलाई आक्रमक बनाउन राप्रपालाई कमल थापाको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापाले आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि केन्द्रीय प्रचार प्रसार शैलीलाई नविन र आक्रामक रुपमा अगाडि बढाउन निर्देशन दिएका छन् ।

यस्तै, राप्रपाले स्थानिय निर्वाचन घोषणापत्र बैशाख ८ गते काठमाडौंमा हुने समारोह बीच सार्वजनिक गर्ने भएको छ । प्रचार प्रसार सम्बन्धि आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले आगामी स्थानीय निर्वाचनमा पार्टी प्रचार कार्यलाई प्रभावकारी रुपमा अगाडी बढाउने निर्णय गरेको छ ।

चुनावी सन्दर्भ सामाग्री र पार्टी गतिविधिहरु रेडियो, एफ.एम. छापा संचार माध्यम टेलिभिजन, अनलाइन सामाजिक संजालहरुमा नियमित र व्यवस्थित रुपमा प्रचार प्रसार कार्य अगाडी बढाउने निर्णय भएको प्रवक्ता रोशन कार्कीले जानकारी दिए ।