२ कार्तिक २०८३, सोमबार

बलिउड अभिनेता अर्जुन रामपाललाई लाग्यो यस्तो मुद्दा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता अर्जुन रामपालविरुद्ध फोटोग्राफरलाई कुटपिट गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ । यो घटना दिल्लीको एक पाँच तारे होटलको हो ।

जब रामपाल रिसाएका थिए, त्यही बेला फोटोग्राफरले उनको फोटो खिचेका थिए । रिशले चुर भएका रामपालले क्यामराम्यानको क्यामरा खोसेर फालिदिएका थिए । फोटोग्राफरलाई पनि चोट लागेको खबर थियो । पीडित फोटोग्राफर शोभितको तस्बीर पनि सार्वजनिक भएको छ ।

नेशनल अवार्ड विजेता अर्जुन रामपालको आगामी फिल्म ‘डैडी’ रिलिस हुँदैछ । अशीम अहलुवालियाद्वारा निर्देशित यस फिल्ममा अर्जुन ग्यांगस्टार अरुण गवलीको भूमिका छ । गवलीलाई ‘डैडी’ पनि भनिन्छ । गवलीको उपनाम ‘डैडी’ बाटनै यो फिल्मको नाम राखिएको छ । गवली ग्यांगस्टरबाट नेता बनेका थिए । त्यो भन्दा पहिले उनी दूधवाला थिए । यो फिल्मको टेलर रिलिज भइसकेको छ । यो भन्दा पहिले अर्नुन विद्या बालनसंग फिल्म ‘कहानी २’ मा देखिएका थिए ।