काठमाडौं । गायक प्रमोद खरेलको गीत ‘पराईको बगैचामा फुल्ने फूल भयौ तिमी…’को म्युजिक भिडियो तयार भएको छ । म्युजिक भिडियो मकवानपुर जिल्लाका विभिन्न स्थानमा छायाँकन गरिएको हो ।
मोडल नवीन न्यौपाने, रक्षा श्रेष्ठ र सुशील न्यौपानेको अभियन रहेको म्युजिक भिडियोलाई दिनेश बमले गरेका हुन् । म्युजिक भिडियो गीतको भावअनुसार निर्माण भएको जनाइएको छ ।
थुप्रै म्युजिक भिडियोहरूमा अभिनय गरिसकेका नवीन न्यौपानेले भने, ‘प्रमोद खरेलको स्वर आफैमा राम्रो छ । उनको गीतमा तयार भएको यो म्युजिक भिडियो उत्तिकै राम्रो बनेको छ ।’
गीतका संगीतकार जीवन पन्त र रचना रबिन्द्र जोशीको रहेको छ । छायांकन र सम्पादन शक्ति प्रज्वल घिमिरेको हो ।















प्रतिक्रिया