६ मंसिर २०८३, आइतबार

टोल दामी बनाउने अभियानमा गगन थापा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । स्वास्थ्यमन्त्री गगन थापा कुचो लिएर शनिबार विहान पुतलीसडकको मैतिदेवी मन्दिर परिसर र छेउछाउमा झाडु लगाइरहेको देखिए ।

अर्विट ईन्टरनेश्नल एजुकेशनको अगुवाईमा आयोजित ‘बृहत सरसफाई कार्यक्रम’मा एक्यबद्धता जनाउँदै स्वास्थ्यमन्त्री थापा कुचो लिएर विहानै मैतीदेवी मन्दिरको सफाई गर्न पुगेका थिए ।

‘हजुर र म मिलेर हामी बनौ, हामी हामी मिलेर हाम्रो टोल दामी बनाऊ’ भन्ने नारासहित आज आठौ सप्ताहमा आईपुगेको बृहत सरसफाई कार्यक्रममा स्वास्थ्यमन्त्री थापासँगै शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरी लम्साल तथा अन्य प्रतिष्ठित ब्यक्तित्वको उल्लेखनिय उपस्थिती रहेको शेषराज भट्टराईले जानकारी दिए ।