– नरेश केसी
लुम्बिनी । डाक्टर साबहरुले देश विगारे भनेर अहिले मुलुकभरी चर्चा परिचर्चा चलिरहेको छ । डा. सीके राउतले अलग मधेस राज्यको माग गर्दै तराइ मधेसमा आन्दोलन चर्काइरहेका छन् भने अर्कोतिर डा. बाबुराम भट्टराइले नयां शक्ति पार्टीमार्फत आँखा चाहियो भन्दै आन्दोलन गरिरहेका छन् ।
डा. राउत र डा. भट्टराई फरक धार र पृष्ठभूमिका व्यक्ति भएता पनि उनीहरु दुबैजना राजनीतिक उद्धेश्यले अभिप्रेरित व्यक्तित्व हुन् । भट्टराई, राउतले निहीत उद्धेश्य लिएर गरेको आन्दोलनप्रति धेरैको सहमति तथा असहमति होला तर त्यसै मेसोमा मुलुकको चिकित्सीय कमाण्ड सम्हालेका ३६ जना डाक्टर साबहरुलाई गत असार महिनामा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेपछि नामको अगाडी डा. लेख्नेप्रति धेरै मानिसहरुले हेयकोे भावनाले हेर्न थाले । यसरी आम जनमानसमा परेको नकारात्मक प्रभावलाई चिर्दै एकजना डा.साब भने जुनको चुम्बन लिएर जनताको मन जित्न अगाडी आएका छन् ।
नेपालका गजलशिरोमणी भनेर परिचीत डा. घनश्याम न्यौपाने परिश्रमीले केही डा. साबहरुको कारण समग्र डा. उपाधी प्राप्त गरेकाहरुलाई परेको नकारात्मक असरलाई चिर्दै अरुले जे जे गरेपनि आफुले राष्ट्रमाथि कहिल्यै घात नगर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
नेपाली साहित्यीक जगतमा मिश्रणवादको प्रणेताको रुपमा स्थापीत भइसकेका डा. परिश्रमीले आम नेपाली समक्ष प्रतिबद्धतता जनाउर्दै आफ्नो गजल मार्फत भनेका छन् “म राष्ट्रमाथि घात गर्न सक्तिन, र स्वार्थको समुद्र तर्न सक्तिन ।”
मुलुकका लब्ध प्रतिष्ठीत गजलकार, संगीतकार तथा प्रबुद्धवर्गको उपस्थितीमा आफ्नो नयां गजलसंग्रह जुनको चुम्बन विमोचन समारोहमा डा. परिश्रमिले जब ‘म भोकले र प्यासले गले पनि, झुकेर शत्रु सामु पर्न सक्तिन । स्वदेशको ध्वजा उभों उठाउन, म माथि माथि चढ्छु झर्न सक्तिन ‘ भन्दै गीति लयमा प्रस्तुत भए तब विनायो क्याफे अनामनगर गुन्जायमान भयो ।

श्रुति संगीत विद्यालय आयोजक र लोकतन्त्र मासिक, गौरी पब्लिकेसन्स, खोज अनलाईन सहआयोजक रहेको उक्त कार्यक्रममा गजल सम्बन्धि ८ औं कृतिको रुपमा प्रस्तुत भएका डा. परिश्रमीको एक सयवटा बहरवद्ध गजलहरु संग्रहीत जुनको चुम्बनको विमोचन गदैं प्रमुख अतिथी प्राध्यापक डा. कृष्णहरि बरालले गजलवीद् डा. परिश्रमीले गजल मार्फत राष्ट्रिीयता र राष्ट्रप्रेमलाई अझ सशक्त तथा बलियो बनाउन महत्वपुर्ण योगदान दिएको चर्चा गरे । डा. बरालले गजलमा गेय विधा अनिवार्य तत्व भएको जनाउदैं परिश्रमीको गजलमा गजल सबै गेयात्मक भएको जनाए ।
गजलगायनका सिद्धहस्तीहरु शिव परियार, सुशिल श्रेष्ठ, तेजु अर्याल, मोहमद वारिस, सिर्जना दाहाल, सुवास आगम, निराजन केसी , विरेन्द्र अग्रहरी लगायतको स्वर रहेको जुनको चुम्बन गजलका पारखीलाई मात्रै नभएर नेपाली साहित्यका सरोकारवालाको लागि पनि महत्वपुर्ण कृति भएको उक्त विमोच समारोहका विशिष्ट अतिथी ललिजन रावले बताए ।
गजलकार जय गौडेलको सन्चालन, गायक सुशील श्रेष्ठको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा गोपाल अश्क,पोस्टराज चापागाइ, हरि उदासी, सुवासचन्द्र ढुंगेल, डा. नारायण शर्मा गैरे लगायतले नेपाली साहित्यक जगतलाई डा. परिश्रमीले धेरै परिश्रम र मिहनेत गरेर जुनको चुम्बन उपहार दिएको जनाउर्दैं त्यसको संरक्षण, संबद्र्धन गर्ने दायित्व सबै साहित्यीक सर्जकको भएको जनाए ।
२०५० सालमा यो मौसम गजल संग्रह मार्फत गजल कृतिकारको रुपमा पर्दापण भएका डा. परिश्रमीले यसअघि घामको छहारीमा २०५३, जुनुमामा २०६०, जुन चुहेको रात २०६०, राम्रा चाचा मीठा पापा २०६३, गजल भूमिकावाली २०६३, गजल सौन्दर्य मिमांश २०६४ जस्ता महत्वपुर्ण गजलकृति सृजना गरिसकेका छन् । पछिल्लो पटक राष्ट्र र राष्ट्रिीयताको विषयमा जोडदार प्रस्तुती लिएर आएका पाका गजलकार डा. परिश्रमीले युवा युवतीको मनको तरंगलाई तरंगीत गर्ने ध्ययेले जुनको चुम्बनमा श्रृगांरिक गजलहरु पनि यसरी प्रस्तु गरेका छन्ः
दिलभित्र साछी राख्ने सत्कार पाए तिम्रो,
कहिल्यै नओइलीने फूल उपहार पाए तिम्रो ।।
तनको दुखाइ बुझ्ने मनको पुकार सुन्ने,
सम्बोहनको अनौठो ब्यवहार पाए तिम्रो ।।
















प्रतिक्रिया