– निशानदाजु भट्टराई
दाङ, २६ चैत । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शंकर पोखरेलले स्थानीय तहको निर्वाचनमा एमालेलाई जिताउन आह्वान गरेका छन् ।
विकास र समृद्धि एमालेको नेतृत्वमा मात्रै सम्भव छ भन्दै उनले स्थानीय तहको चुनाब तोकिएकै समयमा हुने भएकाले त्यसको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए ।
शनिबार नेकपा एमाले घोराही उपमहानगरपालिका वडा नम्बर ७ को वडा कार्यालय उद्घाटन गर्दै पोखरेलले अहिले स्थानीय तहमा राज्यले धेरै अधिकार दिएको बताए । उनले आगामी निर्वाचनमा एमाले देशकै ठूलो दल बन्ने दाबी गरे ।












प्रतिक्रिया