१ कार्तिक २०८३, आइतबार

भरतपुर महानगरको प्रमुखमा कांग्रेसका यी २२ जनाको दाबी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २६ चैत । आगामी स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका प्रमुखका लागि नेपाली कांग्रेसका तर्फबाट २२ जनाले पार्टीमा निवेदन दर्ता गराएका छन् ।

कांग्रेस भरतपुर नगर समन्वय समितिले शुक्रबार पार्टी कार्यालय कमलनगरमा गरेको कार्यक्रममा सो पद का लागि २२ जनाले निवेदन दिएका हुन् । भरतपुर यसै पटकदेखि महानगर बनेको हो ।

कांग्रेसको केन्द्रीय समितिको पत्र र कांग्रेस चितवनका जिल्ला समितिको निर्णयानुसार महानगरमा प्रमुख बन्न इच्छुकको निवेदन माग गरिएको थियो । आकाङ्क्षीलाई निवेदन दिनका लागि दुई दिनको समय तोकिएको पार्टी अध्यक्ष जितनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै उपप्रमुखका लागि १० जनाको निवेदन परेको छ । शुक्रबार र शनिबार उम्मेदवारको निवेदन सङ्कलन गरी उम्मेदवारका बीच छलफल गराउँदै क्षेत्र र जिल्लामा पेस गरिने महानगर सभापति भरत अधिकारीले बताउनुभयो ।

कांग्रेस चितवनको पार्टी कार्यालय कमलनगरमा नगर समन्वय समितिले आह्वान गरेको कार्यक्रममा महानगरपालिका प्रमुखका लागि प्रा डा सूर्यकान्ता घिमिरे, शङ्कर कँडेल, डा ईश्वरीराज लौडारी, राजेन्द्र डोटेल, उद्धव लोहनी, हृषिराज पाण्डे, बेलबहादुर गुरुङ, मिलनबाबु श्रेष्ठ, केशवराज कँडेल, विजय भुसाल, टेकप्रसाद गुरुङ, जगनाथ पौडेल, कैलाश कोइराला, महेन्द्र श्रेष्ठ, टीकाराम न्यौपाने, उत्तम जोशी, दीर्घमान श्रेष्ठ, प्रकाश अधिकारी, बलराम पौडेल, सुबोध प्रधान, दिनेश कोइराला र भरत गुरुङले निवेदन दर्ता गराउनुभएको छ ।

यसैगरी उपप्रमुखका लागि बिनु रायमाझी, सरिता केसी, पार्वती शाह, गीता गुरुङ, इन्दिराकुमारी सडौला, शान्ति परियार, रामकुमार श्रेष्ठ, भृकुटी पौडेल, पार्वती न्यौपाने र रेखा पोखरेलले निवेदन दर्ता गराउनुभएको छ । रासस