६ मंसिर २०८३, आइतबार

काठमाडौंका टोले गुण्डा ‘वाला’ पक्राउ, यसअघि धरौटीमा छुटेका थिए

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । महानगरीय प्रहरी अपराध महाशाखाले ‘वाला’ भनेर चिनिने टोले गुन्डा योगेन्द्र लामालाई पक्राउ गरेको छ ।

काभ्रेको पोखरी नाराणस्थान घर भई पुरानो बानेश्वर बस्दै आएका ३१ वर्षीय लामाले काठमाडौं उपत्यकाका विभिन्न एरियाहरुमा टोले गुन्डाको रुपमा रही व्यवसायीसंग जवरजस्ती रकम असुली गर्न धम्क्याउने काम गर्दै आएका थिए ।

उनलाई विहिबार अपराध महाशाखाबाट डीएसपी अजय केसीको कमाण्डमा खटिएको टोलीले लाजिम्पाटबाट पक्राउ गरेको हो । उनीमाथि आवश्यक अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको महाशाखाले जनाएको छ ।

लामा यसअघि पनि पक्राउ परी धरौटीमा छुटेका थिए ।

यस्ता छन् लामाले गरेका अपराधः

– सुमन पुडासैनी र युवराज स्याङताङ्गलाई धारिलो हतियार देखाई नगद रु.७ हजार, IPhone मोवाईल थान १ र Samsung मोवाईल थान १ लुटेको घटनामा म.न.प्र.वृत्त, बौद्धले मिति २०६७।०१।२१ गते पक्राउ गरी सार्वजनिक मुद्दामा कारवाही चनाएको ।

– मिति २०७०।०८।२९ गते राति अं.०९:३० बजेको समयमा जि.ललितपुर, बालकुमारीमा सिताराम श्रेष्ठ र सुवास राउत समेतलाई खुकुरी प्रहार गरी घाईते बनाई ज्यान मार्ने उद्योग गरेको घटनामा संलग्न रही फरार रहेको म.न.प्र.परिसर, ललितपुरको रेकर्डमा देखिएको ।

– मिति २०७२।०२।०८ गते गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा पक्राउ परी परिसर, काठमाडौंबाट सार्वजनिक मुद्दामा कारवाही भई २१ दिन पछि १० हजार धरौटीमा हिरासत मुक्त भएको ।