दाङ, २५ चैत । दाङमा बुद्धको मुर्तिसहित ४ जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सल्यान रिम–१ बस्ने ४० बर्षीय खडक केसी, ५२ बर्षीय खिमलाल केसी, रोल्पा गैरीगाउँ–८ बस्ने ३६ बर्षीय तुल बहादुर बुढा र सल्यान सिनाबाङ–४ बस्ने ४३ बर्षीय छवि भण्डारीलाई अंदाजी ९ किलो बराबरको पहेंलो धातुको बुद्धको मुर्ति र २ थान खुकुरीसहित प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
तुल्सीपुर उपमहानगरपालिका–१ हर्नेटीमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरी टोलीले सल्यानबाट दाङतर्फ आउँदै गरेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरुलाई बुद्धको मुर्ति फेला पारी नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीमाथि हातपात गरी भागेकोले प्रहरीले पेस्तोलबाट ४ राउण्ड गोली फायर गर्दा छवि भण्डारीको बाँया खुट्टाको तिघ्रामा १ राउण्ड गोली लागी सामान्य घाईते भएकोले राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार पश्चात प्रहरी हिरासतमा रहेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया