२ कार्तिक २०८३, सोमबार

रितिकाले ल्याइन् ‘केटी पट्याउने…’ सुत्र

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका रितिका कुँवरले ‘केटी पट्याउने…’ बोलको लोकदोहोरी गीत बजारमा ल्याएकी छिन् । रितिकाले अहिलेका चलेका गायक खुमन अधिकारीसँग लोकदोहोरी गीत गाएकी हुन् ।

यसअघि थुप्रै गीतहरूमा स्वर दिएकी रितिकाको ‘केटी पट्याउने…’ गीत उत्कृष्ठ रहेको उनले दाबी गरिन् । भनिन्, ‘मेरा अरु गीतहरूभन्दा यो लोकदोहोरी राम्रो छ । मिहिनेत पनि धेरै गरिएको छ ।’

रितिकाले यो गीतमा थुप्रै नौलो प्रयोगहरू गरेको बताएकी छिन् । उनले भनिन्, ‘गीतको म्युजिक भिडियो बनाउने बेला धेरै विषयलाई ध्यान दिएका छौँ । भिडियोमा गीतको भावलाई सुक्ष्म रुपले ध्यान दिइएको छ ।’

गीतमा रमेश बिजीको शब्द र खुमन अधिकारीको लय रहेको छ । म्युजिक नेपालको यूट्युब च्यानबाट रिलिज भएको रितिकाको ‘केटी पट्याउने…’ गीतको म्युजिक भिडियो पनि उत्कृष्ठ रहेको उनले बताइन् । म्युजिक भिडियोमा अञ्जली अधिकारी र शंकर बिसीले अभिनय गरेका छन् ।