काठमाडौं । एनोवेसन इवेन्ट म्यानेजमेन्टको आयोजना र सोविज मिडिया ग्रुपको सहकार्य रहेको बालबालिकाको प्रतिभा निखार्ने सौन्दर्य प्रतियोगिता ‘लिटिल स्टार २०१७’का ७२ प्रतियोगी प्रशिक्षणमा जुटेका छन् ।
दरबारमार्गस्थित सि डब्लु रेष्टुरेन्टमा उनीहरूले गत शनिबारबाट नियमित प्रशिक्षण थालेका हुन् । संगीत, गायन, नृत्य, ब्याक्तित्व बिकाश, सामाजिक उत्तर दायत्व, बाल अधिकार, अनुसासन लगायत बिषयमा उनीहरुले प्रशिक्षण लिने आयोजक एनोवेसन इवेन्ट म्यानेजमेन्टका अध्यक्ष महेश केसीले बताए ।
तीन सातासम्म चल्ने प्रशिक्षणमा अभिनेता जीवन गिरी, यसराज गराचन लगायतका बिभिन्न नाम चलेका प्रशिक्षले प्रतियोगीको प्रतिभा निखार्ने छन् ।
बालबालीकाको प्रतिभा निखार्दै उनीहरुको सुनौलो भबिस्य निर्माण तिर अग्रसर गराउने उदेश्यले प्रतियोगतिा आयोजना गर्न लागिएको कार्यक्रम ब्याबस्थापक सोविज मिडिया ग्रुपका प्रवल गौतमले बताए ।
७ देखि १४ वर्षसम्मका बालबालिकाको सहभागिता रहेको उमेर समूह अनुसार ७ देखि ९, १० देखि १२ र १३ देखि १४ सम्म गरी तीन शीर्ष विजेता छानिने छन् ।
गीता पुरी, रस्मिना भट्टराई र रन्धिर शाह समेतको बिषेश भूमिका रहेको प्रतियोगिताको बिजेताले ट्रफी सहित नगद उपहारका साथमा चलचित्र, बिज्ञापन चलचित्र लगायत बिभिन्न अवसर जिन्त सक्नेछन् ।
बिभिन्न २० उपशीर्षकमा समेत बिजेता छानिने प्रतियोगिताको फाइनल नयाँ वर्षको वैशाख पहिलो साता राजधानीमा हुनेछ । प्रतियोगिताको कोरियोग्राफर दिक्पाल कार्की रहेका छन् ।















प्रतिक्रिया