१ कार्तिक २०८३, आइतबार

राजिब पहारी भन्छन्- पोखरालाई विश्वको नमुना बनाउने ‘ग्रेटर कन्सेप्ट’ एमालेसंग छ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिब पहारीले पोखरा लेखनाथ महानगरपालिकालाई विश्वकै नमुना शहर बनाउन सकिने बताएका छन् ।

महानगरपालिका वडा नं २३ भदौरेमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पोखरा नेपालको मात्रै नभई विश्वकै नमुना शहर बनाउन सकिने र त्यो भिजन एमालेसंग भएको बताए ।

‘यहाँको प्याराग्लाइडिङ विश्वको दशौं आकर्षण मध्यमा पर्छ, समुन्द्रमा खेलिने साहासिक खेलहरु फेवातालमा पनि खेलाउन मिल्छ ।’ उनले भने, ‘यसको लागि ‘ग्रेटर पोखरा कन्सेप्ट’ सहितको भिजन बनाउँछौं, त्यो भिजन नेकपा एमालेसंग छ ।’

पोखरा सात तालको रुपमा परिचित रहेको भएपनि अहिले ती तालहरु वर्षाको भेलले परिँदै गएको उनले चिन्ता व्यक्त गरे । उनले रुपा ताल, बेग्नासताल र फेवाताल पनि बर्सेनि भेलसगै परिँदै गएको र यस्तै अवस्था रहे केही दशमा तालको अस्तित्व समाप्त हुने बताए ।

उनले अब सातवटै ताललाई पुनर्जिवित बनाई फेवा ताललाई पुरानो आकारमा ल्याउन तालको मुहानमा तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता औल्याए ।
स्थानीय तहको निर्वाचनको प्रसंगमा बोल्दै नेता पहारीले निर्वाचनमार्फत चुनिएका जनप्रतिनिधिहरुले जनतासंगै भिजेर काम गर्ने बताए । त्यसका लागि जनताले सक्षम, योग्य र जनभावना बुझ्ने व्यक्तिलाई चुन्नुपर्ने सुझाव दिए ।

निर्वाचन राष्ट्रवादी र राष्ट्रघातीबीचको लडाई भएको बताउँदै उनले राष्ट्रबादीको नेतृत्व एमालले गरिरहेको बताए । आगामी निर्वाचनमा पनि राष्ट्रबादीले नै जित्ने विश्वास व्यक्त गरे । उनलेभने ‘सिंगो एमालेले दुईतिहाई ल्याउनको लागि मात्र चुनौति हो ।’