आइतबार, २३ मंसिर २०७५
DainikNepal.com
आइतबार, २३ मंसिर २०७५

कावासोतीमा ‘आरोप’को सानदार च्यारिटी

दैनिक नेपाल २०७३ चैत २४ गते ७:४३

नवलपरासी । निर्देशक अमर ओलीद्वारा निर्देशित फिल्म ‘आरोप’ले आफ्नो पहिलो च्यारिटी शो नवलपरासीमा गरेको छ । रिलिजीको अन्तिम तयारीमा रहेको ‘आरोप’ले सामाजिक कार्यका लागि च्यारिटी शो गरेको हो ।

कावासोतीको गणपति चलचित्र भवनमा ‘आरोप’लाई तीन शो प्रदर्शन गरिएको निर्देशक ओलीले बताए । च्यारिटी शोमा उल्लेख्य दर्शकको सहभागिता रहेकोमा ओलीले खुसी व्यक्त गरेका छन् । ‘कावासोतीमा पहिलो पटक च्यारिटी शो आयोजना गरेका हौँ’, उनले भने, ‘च्यारिटीमा शोमा पनि दर्शकको उत्साहलाई देखेर खुसी लागेको छ ।’

‘आरोप’मा नायिका सञ्चिता लुइँटेल, नायिक किशोर खतिवडा, अभिनेता सुशील पोखरेल, रस्मी भट्ट, प्रेम खड्का, नव नायिका ऋच्चा थापा र दीपिका ढकाल, उद्धव गिरी, राजु रावत, दिनेश पाठक, राजन गहतराज, विजय सापकोटा तथा बालकलाकार गौरव सापकोटा, दीपशन पाठक र अश्लेषलगायतले अभिनय गरेका छन् ।

‘आरोप’का निर्माता दिनेश पाठक र विजय सापकोटा हुन् । फिल्मको निर्माण राजु रावत र राजन गहतराजले गरेका हुन् । ‘आरोप’मा संगीत विकाश र गणेश चौधरीले दिएका छन् । गीतका शब्द शंकर अधिकारी ‘घायल’का हुन् । गीतमा स्वर राजेश पायल राई, नित्या शिवा र मनीषा पोखरेलले दिएका छन् ।

द्वन्द्व सानुकुमार महर्जनको रहेको ‘आरोप’को छायाँकन वीरेन्द्र भट्टले गरेका हुन् । फिल्मका नृत्य निर्देशक कमल राईका हुन् । चलचित्रमा सह–निर्देशन सुदीप कुँवर र उत्तम अधिकारीले गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित