१ कार्तिक २०८३, आइतबार

काँग्रेसले छान्यो मेयरमा जोशी र उपमेयरमा काफ्ले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ चैत। नेपाली काँग्रेसले धमाधम स्थानीय निकायका लागि उम्मेदवारहरुको चयन गर्न थालेको छ ।

राजधानीसहित बिभिन्न जिल्लाबाट मेयर र उपमेयरका साथै गाउँपालिकाका उम्मेदवारहरुको धमाधम चयन गर्न थालिएको समाचारहरु आइरहेका छन् । यसैक्रममा नेपाली काँग्रेसले पर्वत सदरमुकाम कुस्माका लागि मेयरको उम्मेदवार सिफारिस गरेको छ । कांग्रेस नगर समितिको बुधबार बसेको बैठकले नगरपालिकाको मेयरमा नगर संयोजक रामचन्द्र जोशी र उपमेयरमा महाधिबेशन प्रतिनिधि सिता काफ्ले लामिछानेलाई सिफारिस गरेको हो । बैठकमा अन्य आकाँक्षी नदेखिएका कारण सर्वसम्मत रुपमा दुई जनाको नाम सिफारिस गरिएको बताइएको छ ।

काँग्रेसले नगरसमितिलाई बैशाख ७ गतेभित्र क्षेत्रिय समितिमा उमेदवारको नाम सिफारिस गर्न भनेको छ ।