२ कार्तिक २०८३, सोमबार

महासंघमा शर्मा र अधिकारी भिड्दै, यसकारण अगाडि छन् शर्मा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सदस्य पदमा नेपाली चलचित्र क्षेत्रबाट अशोक शर्मा र आकाश अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।

चलचित्र क्षेत्रका लागि अशोक शर्मा परिचित नाम हो । उद्योग वाणिज्य महासंघका दुई कार्यकाल सदस्य भइसकेका शर्माले तेस्रो कार्यकालका लागि पुनः उम्मेदवारी घोषणा गरेका हुन् । शर्मालाई उद्योगी व्यवसायीहरूको अलिक धेरै समर्थन रहेको बताइन्छ ।

चलचित्र निर्माता संघका अध्यक्ष समेत भइसकेका शर्माको उद्योग वाणिज्य महासंघमा राम्रो पकड रहेपनि उनी विवादमुक्त भने हुन सकेका छैनन् । उद्योग वाणिज्य महासंघको दुई कार्यकाल सदस्य भएका शर्माले चलचित्र क्षेत्रका लागि उपलब्धिपूर्ण काम गर्न नसकेनन् भन्नेहरू धेरै छन् ।

उता, निर्माता एवम् फिल्म निर्देशक आकाश अधिकारीले यसपटक उद्योग वाणिज्य महासंघमा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको कृपाबाट निर्माता संघको अध्यक्ष बनेका अधिकारी धेरै पटक विवादमा आएका व्यक्ति हुन् ।

निर्माता संघको विवाद अदालतमा बिचाराधीन रहेकाले उनको अध्यक्ष पद अहिले पनि धरापमा छ । निर्माता नवल खड्कासहितको समूहले अधिकारीको कार्यसमिति अवैधानिक भन्दै अदालतमा मुद्दा दायर गरेपछि विवाद बाहिर आएको हो ।

महाराजगञ्जमा रेड स्टुडियोमार्फत चलचित्र निर्माताहरूसँग चर्को रकम असुलेको आरोप अधिकारीलाई छ । उद्योग वाणिज्य महासंघ अधिकारीका लागि नयाँ अनुभव हो ।

उद्योगण वाणिज्य महासंघमा अधिकारीभन्दा शर्मा नै ओजिलो उम्मेदवार रहेको उद्योगी व्यवसायीहरूको भनाइ छ ।