१ कार्तिक २०८३, आइतबार

बारामा एमालेलाई झट्काः प्रभावशाली नेताले अचानक किन दिए राजीनामा ?

26.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विनोद साह

बारा, २३ चैत । नेकपा एमाले बाराका प्रभावशाली नेताले राजीनामा दिएपछि बारा जिल्लामा एमालेभित्र तरंग उत्पन्न भएको छ ।

बारामा एमालेका प्रभावशाली मानिएका बिनोद साहले पार्टीबाट अचानक राजीनामा दिएका हुन् । आगामी निर्वाचनको रणनीति बनाउन आइतबार बोलाइएको जिल्ला कमिटीको बैठकमा उनले अचानक रुपमा राजीनामा पत्र बुझाएका थिए ।

पार्टीले इमान्दार कार्यकर्तालाई कदर नगरेको र मधेशको सवालमा विभेदकारी चरित्र प्रदर्शन गरेको उनको आरोप छ । साह बारा उद्योग वाणिज्य संघका अध्यक्ष पनि हुन् । उनले २०५४ सालमा एमालेबाटै कलैया नगरपालिकाको उपमेयर जितेका थिए । उनी दुई कार्यकालदेखि बारा उद्योग वाणिज्य संघको अध्यक्ष छन् ।

नेकपा एमालेको २ नम्बर प्रदेश सदस्य समेत रहेका साह यसअघिको संविधानसभा निर्वाचनमा जम्मा एक हजार मतले हारेका थिए । पार्टीले आफूलाई केन्द्रीय सदस्य मनोनयन नगरेको झोंकमा उनले राजीनामा गरेको बताइएको छ । राजीनामाको विषयमा उनले खासै बताउन चाहेका छैनन् ।