१ कार्तिक २०८३, आइतबार

भारतलाई ओलीको चेतावनी- हामी गरिखान सक्छौँ, सक्छौ भने मद्दत गर, सक्दैनौ भने चुप लागेर बस

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकले सक्ने भए सहयोग गर्न तर असहयोग नगर्न आग्रह गर्नुभएको छ ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानको पुरस्कार वितरण कार्यक्रममा आज अध्यक्ष ओलीले छिमेकी भारतले गत वर्ष लगाएको नाकाबन्दीको स्मरण गर्दै भन्नुभयो, ‘सक्छौ भने मद्दत गर, सक्दैनौ भने चुप लागेर बस, हामीलाई गरिखान देऊ, हामी गरिखान सक्छौँ ।’

उहाँले नेपालमा कुनै सडक वा नयाँ विकासका आयोजना सञ्चालन गर्न लाग्दा छिमेकी भारतले सुरक्षा र अन्य कारणले अवरोधको प्रयास गर्ने गरेको गुनासो पनि गर्नुभयो । ओलीले भारतसँग नेपालको अर्थतन्त्र निर्भर हुनुपरेको र चीनसँगको बाटो खोल्न लाग्दा पनि भारत रिसाउने स्थितिलाई तोडेर पारस्परिक लाभको सम्बन्ध विस्तार गर्न आफूहरुले चाहेको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हाम्रा मनमा कुनै वैरभाव छैन, दुष्मनी छैन, अन्याय नसहने र न्यायको पक्ष लिनेबाहेक अरु ध्येय छैन । हामी देश, देशका जनता र मानव जातिको सुख र शान्ति चाहन्छौँ, यसो भन्दा खोक्रो राष्ट्रवादको आरोप लगाइन्छ भने केही भन्नु छैन ।’

कार्यक्रममा एमालेका सचिव प्रदीप ज्ञवालीले राष्ट्र, राष्ट्रियता र स्वाभिमानका लागि स्रष्टाले जनता जगाउने हिसावले सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।