२० कार्तिक २०८३, शुक्रबार

चैतेदशैंको अवसरमा सशस्त्र प्रहरी हेडक्वार्टरमा मौलोपूजा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । चैतेदशैंको अवसरमा सशस्त्र प्रहरी बल बगलामुखी विशेष कार्यदल गण हल्चोक स्वयम्भुमा मंगलबार विहान सशस्त्र प्रहरी बलको निशान तथा मौलोपूजा वैद्धिक विधिपूर्वक सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले विशेष कार्यक्रमका बीच पूजाअर्चना गर्नुभएको उक्त निशान तथा मौलोपूजा कार्यक्रममा एपीएफ अधिकृत तथा जवानहरुबाट पूजाअर्चना एवं मौलो परिक्रमा गरिएको थियो ।

विहान ७ वजेर ३५ मिनेटको पूजाको संकल्प साइतमा गरिएको निशान तथा मौलोपूजा कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सशस्त्र प्रहरी बलको निशानमा पन्जाछाप लगाउनुभयो ।

सशस्त्र प्रहरी व्याण्डको मंगलधुन बीच सुरु भएको उक्त पूजा कार्यक्रममा सशस्त्र प्रहरी बलको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो ।

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले मौलोपूजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलार्ई पगरी तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।

सशस्त्र प्रहरी बलका विभिन्न इकाईहरुमा चैतेदशैंको अवसरमा आजै यस किसिमको निशान तथा मौलोपूजा वैद्धिक विधिपूर्वक सम्पन्न भएको छ ।