२ कार्तिक २०८३, सोमबार

‘स्पाइडर–म्यान : होमकमिंग’ले थाल्यो आक्रामक प्रचार शैली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लसएञ्जलस । हलिवुडको सुपरहीरोवाला फिल्म ‘स्पाइडर–म्यान : होमकमिंग’ले आफ्नो प्रचार–प्रसार र रिलिजलाई भव्य बनाउने तयारी सुरु गरिसकेको छ । यो फिल्मले भारतलाई आफ्नो मुख्य बजार बनाउने संकेत दिएको छ ।

‘स्पाइडर–म्यान : होमकमिंग’ले ट्रेलर भारतमा मात्रै १० भाषामा रिलीज गर्नेछ । फिल्मको ट्रेलर हिन्दी, पञ्जाबी, तमिल, तेलुगू, गुजराती, मलयालम, भोजपुरी, कन्नड, मराठी र बांग्लामा रिलीज हुनेछ ।

सोनी पिक्चर्स एंटरटेनमेंट (इंडिया) का म्यानेजिंग डायरेक्टर विवेक कृष्णानीले भनेका छन्, ‘दर्शकसँग अझै नजिक आएर जोडिनका लागि नयाँ तरिका अपनाएका हौँ । यो कार्यले फिल्म इन्ड्रष्ट्रीलाई फाइदा हुन्छ । ‘स्पाइडर–म्यान : होमकमिंग’लाई नयाँ तरिकाले स्वागत गर्न चाहन्छौँ ।’ – एजेन्सी