लस एञ्जलस । अमेरिकाका पूर्व बेसबल खलाडी एलेक्स रोड्रिग्जले गायिका तथा अभिनेत्री जेनिफर लोपेजसँग अन्तरंगसम्बन्ध रहेको पुष्टि गरेका छन् । उनको यो भनाइले हलिउडमा खैलाबैला मच्चिएको छ ।
‘पीपुल्स डट कम’का अनुसार, रोड्रिग्जले शुक्रबार आयोजित एउटा टक शो कार्यक्रम ‘द वीयू’मा जेनिफरसँग आफ्नो अन्तरंगसम्बन्ध रहेको स्वीकार गरेका हुन् ।
उनले भनेका छन्, ‘स्पष्ट छ, हामीबीचको सम्बन्ध र समय राम्रो चलिरहेको छ । उनी अद्भुत युवती हुन् । उनी अत्याधिक होशियार छिन् । उनी अविश्वसनीय आमा पनि हुन् ।’
मार्च महिनादेखि रोड्रिग्ज र जेनिफर लोपेजको डेटिंगका विषयमा चर्चा हुन सुरु भएको थियो । पति छाडेर बसेकी जेनिफर लोपेजका परपुरुषसँगको अन्तरंगसम्बन्धले बेलाबेला चर्चा पाउने गरेको छ ।
यो जोडीलाई थुप्रै पटक एकसाथ देखिएको थियो । जेनिफर लोपेजका पूर्व पति एवम् मैक्सी मिलियनसँग जुम्ल्याहा बच्च जन्मिएका थिए ।
रोड्रिग्जकी पूर्व पत्नी सिंथिया स्कूर्टिससँग पनि दुई बच्चा छन् । उनका १२ वर्षीया नताशा र ८ वर्षीया एला नाम गरेका छोरी छन् । – एजेन्सी















प्रतिक्रिया