१ कार्तिक २०८३, आइतबार

एमाले कार्यकर्तालाई माओवादी केन्द्रले झुक्याएर जबरजस्ती पार्टी प्रवेश गराएपछि…

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा एमालेका पदाधिकारीहरुलाई झुक्याएर माओवादी केन्द्रले खिचाएका सामुहिक फोटो ।

– लक्ष्मी दर्नाल

सुनसरी, २१ चैत । माओवादी केन्द्रले नेकपा एमालेमा आवद्ध वडा न. ४ गाउँ कमिटिका सदस्यहरुलाई झुक्याएर माओवादी पार्टीमा प्रवेश गराएको भन्दै नेकपा एमालेका पदाधिकारी तथा सदस्यहरुले गम्भिर ध्यानाकर्षण गराएका छन् ।

प्रेम राईको संयोजकत्वमा १३ सदस्यीय रहने गरी माओवादी टोल कमिटी गठन गरियो भनेर सामाजिक सञ्जालमार्फत आफुहरुको फोटो सार्वजनिक गरेको भन्दै उनीहरुले प्रेस विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएका छन् ।

चैत्र १८ गते धरान–४ स्थित शिवजट्टा कालिमाटी टोलमा शिवजट्टाको बाटोको विषयमा बैठक बसिरहेको बेला माओवादीका पदाधिकारीहरु आएर आफूहरुलाई जर्बरजस्ती फोटो खिचाएर सामाजिक सञ्जालमा पार्टी प्रवेश भनेर सार्वजनिक गराएको आरोप लगाउदै सोमबार उनीहरुले प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएका हुन् ।

प्रेम राईको संयोजकत्वमा कमिटी गठन गरेको भन्दै माओवादी केन्द्रका मेयर पदका उम्मेदवार अईन्द्र विक्रम बेघाले आफ्नो फेसबुक वालमा पोष्ट गरेका कारणले आफुहरु बाध्य भई प्रेस विज्ञप्ति प्रकाशित गरेको वडा नं. ४ का वडा कमिटिका उपाध्यक्ष प्रेमलाल राईले बताए ।

शिवझट्टा कालिमाटी टोलबाट सम्पूर्ण सदस्यहरु नेकपा एमालेको विद्रोह गरी माओवादी केन्द्रमा प्रवेश गरेको भनेर फेसबुकमा आफुहरुको सामूहिक तस्विर राखेकोले आफ्नो पार्टीबाटै गलत बनाउन खोजिरेको उनले आरोप लगाए । उनले भने– ‘हामीले बैठक बसिरहदा बिचैमा आएर फोटो खिचाए र बाटोकै विषयका लागि फोटो खिचाएको र माईनटमा हस्ताक्षर गर्न लगाए । पछि त माओवादीमा पार्टी प्रवेश गरेको भनेर फेसबुकको वालमा पोष्ट गर्दा खेरी हामी अचम्मित भयौं ।’

यस्तै अनेम संघका सचिव रेनुका श्रेष्ठले भनिन्– ‘बाटोकै विषयमा भनेर फोटो त खिचे, तर माईनटमा हस्ताक्षर भने गरिन । उनीहरुले बोलाई रहेका थिए तर म भागेरै जिते ।’ प्रेमलाल राई, रेनुका श्रेष्ठ, शोभा राई, सिरिमाया राई, कन्चन, गणेश राई, शिव लक्ष्मी राई, ईन्द्रमाया राई, नरमाया राई लगायतद्धारा हस्ताक्षरित विज्ञप्तिमा आफुहरु अहिले पनि नेकपा एमालेमै आवद्ध रहेको बताउदै यसरी माओवादी केन्द्रले गरेका निकृष्ट राजनीति नगर्न र सर्वसाधारणको चरित्र हत्या नगर्न पनि अनुरोध गरेका छन् ।

कालिमाटी शिवझट्टामा बसोबास गर्र्दै आएका नेकपा एमालेमा आवद्ध रहेकाहरुले आफुहरु नेकपा एमालेको विद्रोह गर्ने पक्षमा कहिले पनि नरहेको र सदैव नेकपा एमाले मै आवद्ध रहने जारी विज्ञप्तिमा उल्लेख छ ।