ललितपुर, २१ चैत । नवजात शिशु जन्माई मारेको अभियोगमा गोदावरी नगरपालिका–३ बाडेगाउँ छाप्रोमा बस्दै आएकी मकवानपुर घर भएकी ३० बर्षीया रिता तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार तामाङले सोमबार महिना नपुगी नवजात शिशु जन्माई मुखमा कपडाले बाधेर मारी कालो प्लाष्टिकको झोलामा हालेर खोल्सामा प्mयाकेको अवस्थामा स्थानीय बासिन्दाले फेला परेका थिए ।
तामाङको श्रीमान बिदेशमा रहेको र साथमा २ बर्षकी छोरी रहेको भन्ने बुझिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया