काठमाडौं, २१ चैत । देशका लागि खेल्दा खेल्दै ज्यान गुमाएका खेलाडीका परिवारलाई सरकारले क्षतिपूर्ति उपलब्ध गराएको हो ।
मन्त्रिपरिषद्को फागुन २५ गतेको निर्णयानुसार पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा सञ्चालित सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा गम्भीर घाइते भएका मनराज शाहीलाई उपचार खर्च र दुई मृतक खेलकर्मी कर्णबहादुर खड्का र बासुदेव भट्राईको आश्रित परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ सहयोग दिइएको हो ।
उक्त रकम एक कार्यक्रमका बीच सोमबार युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले मृतक तथा घाइते खेलकर्मीका आश्रीत परिवारलाई प्रदान गरे ।
सो अवसरमा खेलाडीहरुको भलाईको लागि युवा तथा खेलकुद मन्त्रलाय लागि परेको बताउँदै खेलाडीहरुको विमा गर्ने तथा खेलाडीहरुको कल्याणकारी कार्यका लागि खेलाडी कल्याणकारी कोष गठनकालागि सम्वन्धित पक्षहरुसंग छलफल अगाडी बढाइरहेको बताए ।
सरकार समग्र खेलकुद क्षेत्रको पूर्वाधार विकास, विस्तार तथा खेलकर्मीहरुको हितको लागि क्रियाशिल रहने प्रतिबद्धता समेत जनाए ।
उक्त अवसरमा मृतक कर्ण बहादुर खड्काकी श्रीमती विअ खड्का, मृतक खेलकर्मी बासुदेव भट्राईकी श्रीमती मना भट्टराई र घाइते मनराज शाहीले मन्त्रालयले उपलब्ध गराएको रु. १० लाख रकमको चेक बुझ्नु भएको थियो । सहयोग रकम वितरण कार्यक्रममा मन्त्रालयका सचिव महेश प्रसाद दहाल एवं उच्च अधिकारीका साथै खेलकुद क्षेत्रका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।















प्रतिक्रिया