२० कार्तिक २०८३, शुक्रबार

रक्सी पिएर ललितपुरमा मध्यराति हंगामा गर्ने ४ युवक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २१ चैत । ललितपुरमा मदिरा सेवन गरी हंगामा गर्ने चार युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी ईश्वर कार्कीका अनुसार चैत १८ गते राति साढे ११ बजे झम्सिखेलस्थित स्पोर्टर्स हायर बार एण्ड लज नामक रेष्टुरेण्टमा मादक पदार्थ रक्सी सेवन गरी हो–हल्ला एवं हुल हुज्जत गर्ने चार जना पक्राउ परेका हुन् ।

उनीहरुले रेष्टुरेण्टमा आएका ग्राहकहरू सुरेन तामाङ, राम सिहं गुरुङ, मनोज गुरुङ समेतलाई हातपात तथा कुटपिट गरी घाइते बनाउने, रेष्टुरेण्टको माइक स्ट्याण्ड, कुर्सी, पानस, ग्लास लगायत अन्य सामाग्रीहरू तोडफोड समेत गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यी हुन् पक्राउ परेका चार युवाः

१.जिल्ला रुपन्देही तिलोत्तमा ६ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १० बुध्दनगर बस्ने बर्ष २० को सरोज गैरे  ।

२.जिल्ला रुपन्देही तिलोत्तमा ३ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३ बुढानिलकण्ठ बर्ष २४ को मेघनाथ शर्मा पौडेल ।

३. ऐ.ऐ. घर भई ऐ.ऐ. वस्ने बर्ष २१ को गोविन्द शर्मा पौडेल   ।

४.जिल्ला रुपन्देही तिलोत्तमा ८ घर भई हाल ल.पु.जि.ल.पु.उ.म.न.पा. वडा नं. १५ सातदोबाटो बस्ने बर्ष २३ को किशोर कुँवर ।