२ कार्तिक २०८३, सोमबार

मिस्टर नेपालका लागि २४ युवा छानिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘मिस्टर नेपाल २०१७’का लागि २४ युवा छानिएका छन् । देशभर बिभिन्न चरणमा आयोजना गरिएको अडिसनबाट यी प्रतियोगी छानिएका हुन् ।

‘मिस्टर नेपाल’ स्वदेशमा आयोजना हुँदै आएका पुरुषहरूको सबैभन्दा ठूलो प्रतियोगिता मानिएको छ । यसका बिजेताले नेपालको प्रतिनिधित्व गर्दै एकसयभन्दा बढी राष्ट्रको सहभागिता रहने ‘मिष्टर वर्ल्ड’मा भाग लिन पाउने छन् ।

युवाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महशुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपयोगी जिम्मेवार व्यक्तित्वको रुपमा अगाडि बढाउन प्रतियोगिता सहायकसिद्ध हुने आयोजक समितिका अध्यक्ष दिनेश शाहीले बताए ।

१६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाको सहभागिता रहेको प्रतियोगितामा छानिएका प्रतियोगी केही दिनमै प्रशिक्षण जुट्ने छन् ।

प्रशिक्षणका क्रममा प्रतियोगीले स्वमिङ, फुटवल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका विधामा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण कार्यक्रम संयोजक अर्चना थापाले जानकारी दिइन् ।

प्रतियोगिताको विजेताले मिस्टर वर्ल्डमा देशको प्रतिनिधित्व गर्नुका साथै मोटर बाइक लगायत बिभिन्न उपहार जित्न सक्नेछन् । प्रतियोगिताको अन्तिमस्पर्धा वैशाखमा हुनेछ ।

सहभागिका लागि आवेदन फर्म एक्सपोज नेपालको कार्यालय कुपन्डोलबाट पनि भर्न सकिनेछ ।