काठमाडौं, १८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा आह्वान गरिएको सत्ता पा र मधेसी मोर्चाका नेताहरूको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सरकारमा संलग्न कांग्रेस, माओवादी केन्द्र र राप्रपा तथा मधेसी मोर्चाका नेताहरूको बैठक बसेको हो । बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनका विषयमा छलफल भइरहेको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले यसअघि नै प्रस्तुत गर्नुभएको संविधान संशोधनमा सीमाकंनको विषय पछि टुंगो लगाउने गरी अन्य विषयमा सहमति जुटाएर स्थानीय तहको निर्वाचनमा जुट्ने प्रस्तावलाई पुन प्रस्तुत गर्नुभएको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री दाहालका साथै उपप्रधानमन्त्रीद्वय कृष्णबहादुर महरा र विमलेन्द्र निधि, कांग्रेस नेताहरू रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेताहरू वर्षमान पुन, मातृका यादव, पम्फा भुषाल, चन्द्रप्रकाश खनाल, राप्रपा नेता दीपक बोहरा, मधेसी मोर्चाका नेताहरू उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा, शरतसिंह भण्डारी, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी छन् ।















प्रतिक्रिया