काठमाडौं । पछिल्लो समय युवाहरुको भजन किर्तनतिर लगाव कमै देख्न पाइन्छ । तर युवा गायक अर्जुन बाबु भने लामो समयदेखि भजन गाउँदै आएका छन् ।
अर्जुनको भर्खर मात्र ‘यो मनले राम राम भन्छ’ भजन सार्वजनिक भएको छ । आमा दिदीबहिनीहरुको समूह श्रीहरि किर्तन दीब्य सेवा समूहको सहयोगमा गायक अर्जुनले यो भजन ल्याएका हुन् ।
विशेषगरी पौराणिक कथा रामायणमा आधारित रहेर निर्माण गरिएको भजनमा अर्जुन बाबुकै शब्द तथा संगीत रहेको छ । संगीत संयोजन भने विनोद गुरुङले गरेका छन् ।
अर्जुनबाबु आफैँ भजनको साधनामा तल्लिन छन् । उनी विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा भजन सुनाएर मानव मनलाई शान्तिको बाटोतिर डोराउने गरेका छन् ।
श्री हरिकिर्तन दीव्यसेवा समूहको संगीत संयोजक समेत रहेका अर्जुनले विभिन्न ठाउँहरुमा भजन गाएर संकलन भएको आर्थिक रकम वृद्धाश्रम तथा अनाथालयमा रहेका अनाथ, अशक्त तथा वृद्धवृद्धालाई सहयोग गर्दै आएका छन् ।
गुरु चण्डीप्रसाद काफ्लेको प्रेरणले भजनमा होमिएका अर्जुन भन्छन् ‘संगीत अद्भुत कला होइन यो त जीवन जिउने शैली हो, हरेकको हृदयमा संगीत हुन्छ त्यसलाई बाहिर उजागर गर्ने प्रयास मात्र हामीले गरेका हौँ ।’















प्रतिक्रिया